अव पशुपतिमा विद्युतीय शवदाह निःशुल्क

काठमाडौं । पशुपति आर्यघाटमा दाहसंस्कारका लागि ल्याइने शवहरूलाई अब पशुपति क्षेत्र विकास कोषले निःशुल्क शवदाहको व्यवस्था गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार बसेको पशुपति क्षेत्र विकास कोषको सञ्चालन परिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

पशुपतिमा शवहरूको दाहसंस्कारका लागि अहिले दुईवटा मात्रै विद्युतीय शव दाहगृह रहेकोमा एउटाको मेसिन बिग्रिएर एउटा मात्र शवदाहगृह मात्र सञ्चालनमा रहेको छ ।

आर्यघाटमा शवको दाहसंस्कार गरेबापत दाउराबाट जलाउने घाटमा १५ हजार र विद्युतीय शवदाह गृहमा ४ हजार रुपैयाँ शुल्क लिने गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here