संसद बैठकमै अर्धनग्न बने अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबारको संसद बैठकमै आफूले लगाएका लुगा खोलेर अर्धनग्न बनेका छन् ।

बैठक सुरू हुनासाथ सभामुखले बोल्न समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन् । सभामुख घिमिरेले उनलाई शिष्ट भएर व्यवहार गर्न नभए थप कारबाही गर्ने चेतावनी दिए ।

सभामुखको चेतावनीपछि सिंहले फुकालेको सर्ट र भेष्ट लगाएका छन् । सिंहले लुगा लगाएपछि संसद बैठकको नियमित कार्य सुरु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here