बेगनास तालमा मृत भेटिए राहदानी विभागका सुब्बा

kf]v/f, ! c;f/ M kf]v/f dxfgu/kflnsf–#! n]vgfydf cjl:yt a]ugf; tfnsf] b[Zo . t:jL/ M /flwsf sF8]n, /f;;

काठमाडौं । पोखरा बेगनास तालमा एक युवक मृत भेटिएका छन् । विराटनगर राजवंशी चोकका ३१ वर्षीय अनुप भण्डारी डुबेको अवस्थामा मृत भेटिएका हुन् ।

उनी परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागमा नासुमा कार्यरत थिए । उनको मृत्यु कसरी भएको भन्ने खुलिसकेको छैन। प्रहरीले अनुसन्धान गरिरहेको छ।

भण्डारी आइतबार बिहान १० बजे अफिस जान भनेर हिँडेका थिए । काठमाडौं काँडाघारीमा डेरामा बस्दै आएका उनी बिहान साढे ९ बजे अफिसका लागि निस्किएको र दिउँसो २ बजे पोखरा आफू पोखरा घुम्न आएकोले कोठा राम्ररी बन्द गर्दिनू भनेर घरबेटीलाई फोन गरेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उनी दिउँसो १ बजेको सौर्य एयरको फ्लाइटमा काठमाडौंबाट पोखरा आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here