‘सरकारका प्राथमिकता शब्दहरु हेरफेर गरेको नियमित कर्मकाण्डी’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले ल्याएको बजेटका सिद्धान्त तथा प्राथमिकता विधेयक २०८० ‘गरिनेछ’ भन्ने शब्दावली राखेर विगतको जस्तै कर्मकाण्डी भएको बताएका छन् ।

लामिछानेले आजा संसदमा आफ्नो भनाइ राख्नै विगतका केही वाक्य र शब्दहरुको हेरफेर गरेर नियमित कर्मकाण्डी दस्ताबेजको रुपमा आएको उनले बताएका छन् ।

संसदको सोमवारको बैठकमा लामिछानेले विगतको ३ दशकको भन्दा आर्थिक वृद्धिदर कम हुने उनको भनाइ छ। ‘आशाका पुलिन्दा पस्किने कि व्यवहारिक कुरा गर्ने,’ लामिछानेले प्रश्न गरे।

राजनीतिक नेतृत्वले गरिरहेको भ्रष्टाचारको कारण आर्थिक संकट भएको उनको भनाइ छ। उनले बाह्य कारण देखाएर उम्कन नमिल्ने पनि बताए। ‘नेपाली समाजको समस्याको समाधान यस प्राथमिकताबाट हुने देखिदैन,’ उनले भने।

अहिले अर्थतन्त्र असाधारण अवस्थामा भएको तर, सरकारको प्रक्षेपण गर्ने क्षमता निकै कमजोर देखिएको उनले बताएका छन् । ‘आठ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भनिएकोमा दुई प्रतिशत पनि नहुने देखियो, देशको अर्थतन्त्र कता गइरहेको छ भन्ने प्रक्षेपण गर्ने हाम्रो क्षमता समेत कमजोर देखिएको छ’, सभापति लामिछानेले बताए ।

यस्तो असाधारण अवस्थामा रहेको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन विगतकै जस्तो कर्मकाण्डी योजनाले के होला भन्ने प्रश्न लामिछानेले संसदमा गरेका छन् ।

‘संधै एउटै कुरा गर्ने नतिजा अलग गर्ने हाम्रो बानी हो की, जनतालाई झुक्याउने खेल हो ?’, लामिछानेले भने । असफल नीति र प्रकृयालाई निरन्तरता दिने की नयाँ र सिर्जनात्मक प्रकृया अगाडि बढाउने भनेर लामिछानेले अर्थमन्त्रीलाई प्रश्न गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here