गर्मीमा लाग्ने रोगबाट कसरी बच्ने ?

काठमाडौं । गर्मी मौसममा झाडापखाला, आउँ, टाइफाइड, औलो, डेँगुजस्ता हानीकारक रोगको संक्रमण बढी हुन्छ । अस्वस्थकर खानपान र जीवनशैलीका कारण यस्तो रोगले छिटो शिकार बनाउन सक्छन् ।

महामारीकै रुपमा फैलने यस्तो रोगमा बैलैमा सावधान अपनाउन सकेन भने धेरै ठूलो क्षति पनि हुन सक्छ । त्यसकारण बेलैमा सचेत हुनु जरुरी देखिन्छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार गर्मीमा आउने सिजनल रोगबाट बच्न निम्न उपाय फलदायी हुन सक्छ :

# खानेपानीको मुहान सधै सफा राखौं

# खानेपानी सधै छोपेर राखौं

# खानेपानी सधै उमालेर मात्र पिउने गरौं

# प्रसस्त मात्रामा पानी पिउने गरौं

# पकाएको खानेकुरा तुरुन्तै प्रयोग गरौं

# काँचै खाने फलफुल तथा अन्य खानेकुरा सधै राम्ररी पखालेर मात्र खाने गरौं

# बासी सडेगलेका, झिंगा भन्केका खानेकुरा नखाऔं

# लामखुट्टे हुर्कन, बढ्न नदिन घरवरीपरि पानी जम्न नदिने, कुलर आदी नियमित रुपमा सफा गर्ने

# लामखुट्टेको टोकाईबाट बच्न पुरै शरीर ढाक्ने लुगा लगाउने

# झुलभित्र मात्र सुत्ने गरौं, झ्याल ढोकामा जाली राखौं

# दिशापिसाव चर्पीमा मात्र गरौं

# खाना खानु अघि र चर्पीको प्रयोगपछि साबुन पानीले मिचिमिचि हातधुने गरौं

# प्रचण्ड गर्मीमा घर बाहिर नजाऔं, जानै परे सुरक्षित भएर मात्र जाऔं

# हुरीबतास र वर्षातको बेला घर भित्रै सुरक्षित बसौं

# घर वरपर सरसफाई गरी फोहोरमैलाको उचित व्यवस्थापन गरौं

# स्वास्थ जाँच र परामर्शका लागि नजिकको स्वास्थ संस्थामा सम्पर्क गरौं ।

स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here