रोकिएन शेयर बजारको ओरालो यात्रा, कारोबारमा सुधार

काठमाडौं । शेयर बजारमा लगातार गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १६.९३ अंकले घटेर १८३३.६९ बिन्दुमा झरेको हो ।

यसदिन ८२ करोड ४२ लाख १७ हजार १ रुपैयाँको २८ लाख १० हजार ६२७ कित्ता शेयर किनबेच भएको छ ।

आज १३ वटा उपसमूहको समूहगत सूचक ओरालो लागेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । आइतवार ६० करोड ८१ लाख ३५ हजार ९४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here