पञ्जाबलाई हराउँदै कोलकत्ता पाँचौँ स्थानमा

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा कोलकत्ता नाइट राइडर्सले पञ्जाब किंग्सलाई हराएको छ। कोलकत्तास्थित इडेन गार्डेन स्टेडियममा सम्पन्न खेलमा कोलकत्ताले ५ विकेटको जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७९ रन बनाएको थियो। पञ्जाबका लागि शिखर धवनले सर्वाधिक ५७ रन बनाउँदा जितेश शर्माले २१ तथा ऋषि धवनले १९ रनको योगदान दिए। वलिङतर्फ कोलकत्ताका वरुण चक्रवर्तीले सर्वाधिक ३ विकेट लिँदा हर्षित रानाले २ तथा सुयस शर्मा र नितिश रानाले समान १ विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here