कीर्तिमानी रकममा साउदी क्लब जाँदै मेस्सी !

एजेन्सी । अर्जेन्टिनी सुपरस्टार फुटबर लियोनल मेस्सी विश्वकीर्तिमानी रकममा साउदी अरबको टिममा आवद्ध हुन लागेका छन् ।

एएफपीको अनुसार साउदी क्लव ‘अल हिलाल’ सँग उनको मौखिक सहमति भइसकेको छ । रकम भने खुलाइएको छैन ।

विश्वकै उत्कृष्ट फुटबलर मेस्सीले अल हिलालसँग ५२२ मिलियन पाउण्ड बराबरको सम्झौता पक्का गरेको बेलायती अनलाइन डेलीमेलले दाबी गरेको छ । मेस्सीले पाउन लागेको रकम अहिलेसम्म कुनै पनि खेलाडीका लागि सबैभन्दा ठूलो हो ।

यसअघि पोर्चुगलका सुपरस्टार रोनाल्डोलाई साउदी क्लव अल-नासरले वार्षिक २१ करोड ५० लाख डलरमा किनेको थियो । अल नासर र अल हिलाल साउदीका प्रतिस्पर्धी क्लवका रुपमा चिनिन्छन् ।

उनको क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले भने यसबारेमा केही बताएको छैन । पीएसजीले मेस्सीको सम्झौता जुन ३० सम्म रहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here