बराबरीमा रोकिए म्यानचेस्टर सिटी र रियाल मड्रिड

काठमाडौं । युएफा च्याम्पियन्स लिग अन्तर्गत भएको सेमिफाइनल खेलको पहिलो लेगमा इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी र रियाल मड्रिड बराबरीमा रोकिएका छन् ।

स्पेनको मड्रिडस्थित सान्टिआगो बर्नेबेउमा सम्पन्न खेलमा अग्रता जोगाउन नसक्दा घरेलु टोली मड्रिड इङ्ग्लिस क्लब सिटीसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

खेलको ३६ औँ मिनेटमा घरेलुले भिनिसियस जुनियरको गोलमा अग्रता बनाएको थियो। तर, दोस्रो हाफमा सिटी खेलमा फर्कन सफल भयो। इल्के गुण्डोगनको पासमा केभिन डी ब्रुइनाले ६७ औँ मिनेटमा गोल फर्काउँदा खेल १-१ गोलको बराबरीमा रोकिएको हो।

रियालले पहिलो हाफमा एउटा मात्रै सट अन टागेर्ट राखेको थियो । सोही प्रयासमा भिनिसियस जुनियर गोल गर्न सफल भए । एड्वार्डो कामाभिंगाले निकै उत्कृष्ट मुभ बनाउँदै दिएको पासमा भिनिसियसले करिब २५ यार्ड परबाट उत्कृष्ट गोल गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here