लिङ्क्डइनले निकाल्यो ७१६ कर्मचारी

काठमाडौं । विश्व आर्थिक मन्दीको कारण देखाउदै टेक जायन्टहरुले कर्मचारी निकाला गरिरहेको अवस्थामा माइक्रोसफ्टको स्वामित्वमा रहेको लिङ्क्डइनले पनि त्यही बाटो पछ्याएको छ । विश्वभर २० हजार कर्मचारी रहेको लिङ्क्डइनले आफ्ना ७१६ कर्मचारीलाई जागिरबाट निकाला गरेको छ ।

पछिल्लो छ महिनामा अमेजन, माइक्रोसफ्ट, र निकालिसकेका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रायन रोस्लान्स्कीले फर्मको सञ्चालनलाई सुव्यवस्थित बनाउने उद्देश्यले यो कदम चालेको बताए ।

कम्पनीले आफ्नो चिनियाँ एप ‘इनकरियर’ समेत बन्द गर्ने निर्णय गरेको छ । चीनियाँ रणनीतिमा परिवर्तन गरेका कारण ‘इनकरियर’ बन्द गर्ने निष्कर्षमा पुगेको रोस्लान्स्कीले जानकारी दिए ।

बजार र ग्राहकको माग बढि उतारचढावको साथ, र उदीयमान र विकास बजारहरूलाई अझ प्रभावकारी रूपमा सेवा दिन, हामी विक्रेताहरूको प्रयोग विस्तार गर्दैछौं, रोस्लान्स्कीले भने । व्यवसायलाई व्यवस्थित गर्न र बजार वृद्धिमा ध्यान केन्द्रित गर्न कर्मचारी हटाउनुपरेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here