पसलमा सूर्तिजन्य पदार्थको पोस्टर टाँसे कारबाही

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चुरोट, बिंडी, गुट्का आदिका मूल्यसूची उल्लेखित पोस्टर नटाँस्न सचेत गराएको छ ।

सुर्तीजन्य कम्पनीहरूले खुद्रा किराना पसल, होलसेल किराना पसललगायत अन्य पसलहरूको बिक्री स्थलमा आफ्नो कम्पनीको नाम र दररेटसहितको मूल्यसूची राखेर विज्ञापन गरेको पाइएको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

कम्पनीहरुले गरेको उक्त कार्य सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ प्रतिकुल रहेको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

मन्त्रालयले त्यस्ता विज्ञापन हुने गरी टाँस गरिएका चुरोट, बिंडी, गुट्का आदिका मूल्यसूची उल्लेखित पोस्टर वा वालचार्ट तुरुन्त हटाउन निर्देशन दिएको छ ।

अन्यथा सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन र जनस्वास्थ्य ऐन बमोजिम सजाय र जरिवाना हुने सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here