पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।

उनलाई बुधबार प्रहरीले निवासबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई काठमाडौं प्रहरी परिसर लगिएको हो ।

यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here