संसदमा राप्रपाको नाराबाजी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको बैठकमा अवरोध सिर्जना गरेको छ । राप्रपा सांसदले पटक पटक समय माग्दा पनि सभामुखले समय नदिएर नियमित कामकारबाही अघि बढाउन खोजेपछि अगाडि आएर नाराबाजी गरेका हुन् ।

बुधबारको बैठक शुरु हुनासाथ राप्रपा दलका नेता राजेन्द्र लिङ्देनसहितले उभिएर आकस्मिक समय मागेका थिए ।

तर, सभामुख देवराज घिमिरले कार्यं व्यवस्था परामर्श समितिको बैठकमा शून्य समयअघिको कुनै आकस्मिक समय नदिने सहमति भएको स्मरण गराएर बैठक अघि बढाउन खोज्दा रोष्टम घेराउ गरेर अवरोध गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here