झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा गिरावट

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) २.४३ अंकले घटेर १८४१.९३ बिन्दुमा झरेको हो ।

यसदिन ५८ करोड ९१ लाख ७७ रुपैयाँको १९ लाख ४२ हजार ६२६ कित्ता शेयर किनबेच भएको छ ।

आज १३ वटा उपसमूहको समूहगत सूचकमध्ये ८ वटाको ओरालो लागेको छ भने अन्य बढेकोे छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम ओरालो लागेको छ । मंगलवार ७७ करोड ४७ लाख ६० हजार ६४७ रुपैयाँको बराबरको कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here