संसद् सचिवालयलाई टोपबहादुरको पत्र-‘ म बिरामी छु’

काठमाडौं । नेकपा (एमाले) का निलम्बित सचिव तथा सांसद टोपबहादुर रायमाझीले आफू बिरामी भएकाले संसद् बैठकमा उपस्थित हुन नसकेको भन्दै संसद् सचिवालयलाई पत्र पठाएका छन् ।

उनले आफू बिरामी भएको व्यहोराको पत्र पठाएका हुन् । तर, पत्र भने दर्ता भइसकेको छैन । सांसद रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजी सूचीमा छन् । पक्राउ पुर्जी जारी भए पनि उनी फरार छन् ।

महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै उनलाई सचिव पदबाट निलम्बन गरिएको जानकारी गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here