‘शीर्ष नेताबीच प्रहरी अनुसन्धानलाई ‘डिस्टर्ब’ गर्नुहुन्न भन्ने सहमति छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले गरिरहेको अनुसन्धानलाई कुनै बाधा नगर्ने सहमति शीर्ष नेताबीच भएको बताएका छन्।

तीन दलको बैठकपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै उनले भने, ‘हामीले स्पष्ट भाषामा भनेका छौं । दोषी नछुटून् र निर्दोष नपरून्। प्रहरीले आफ्नो काम गरिरहेको छ । जे भइरहेको छ नियम र विधि पद्धतिअनुसार काम भइरहेको छ । प्रहरीको अनुसन्धानमा कुनै डिस्टर्ब गर्नुहुन्न भन्नेमा हाम्रो सहमति भएको छ ।’

उनले मिडियामा प्रचार भएजसरी तीन दलका शीर्ष नेताहरुको भेट नभएको उनको भनाइ छ। उनले सदन कसरी अगाडी बढाउने समितिहरु कसरी बनाउने विषयमा छलफल मात्रै भएको बताए ।

उनले भने, ‘ मिडियामा प्रचार भएजसरी तीन जनाको भेट भएको होइन । सदन कसरी अगाडि बढाउने, समितिहरू कसरी बनाउने भन्नेबारे छलफल भएको हो । आशंका गर्नुपर्ने कारण छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here