भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै बृहत् नागरिक आन्दोलन

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाउने र अन्य भ्रष्टाचारमा संलग्नलाई कारबाहीको माग गर्दै बृहत् नागरिक आन्दोलनले काठमाडौंमा आज प्रदर्शन गरेको छ ।

बुधबार अपरान्ह काठमाडौंको भद्रकालीमा भेला भएका उनीहरुले ठूला दलका नेताहरुले मिलेर सो प्रकरणमा संलग्नहरुलाई पनि उन्मुक्ति दिन सक्ने भन्दै त्यसो नगर्न खबरदारी गरेका हुन।

प्रदर्शनमा सहभागीहरुले नक्कली भुटानी शरणार्थी बनाउने काममा संलग्न भएकालाई पक्राउ गरी प्रहरीले राम्रो काम गरेको भन्दै यसलाई टुंगोमा पुर्‍याउन पनि माग गरेका छन् ।

नागरिक अभियन्ताहरुले भ्रष्टाचार र अपराधका नायक ठूला दलका नेताहरुनै भएको आरोप लगाउँदै उनीहरुलाई कारबाहीको दायरामा ल्याउन ढिलाई गर्न नहुने पनि बताएका छन। त्यसक्रममा उनीहरुले सो प्रकरणको विरोधमा लेखिएका प्लेकार्डहरु प्रर्दशन गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here