खाणलाई निलम्बन गर्ने कि नगर्ने बारे मत विभाजित

काठमाडौं । कांग्रेस पदाधिकारीको आकस्मिक बैठकमा अनुसन्धानका लागि हिरासतमा लिइएका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा दुवैथरी धारणा आएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भएको बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गर्नुपर्ने धारणा राखेका थिए। तर यसबारे ठोस निष्कर्ष बिहीबार बस्ने पदाधिकारी बैठकले तय गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here