फिनल्याण्डकी प्रधानमन्त्री मरिनले दिइन् सबन्धबिच्छेदका लागि निवेदन

काठमाडौं । फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले सबन्ध बिच्छेदका लागि निबेदन दिएकी छन्। श्रीमान मार्कस राइकोनेनले १९ वर्षको सबन्धलाई तोड्दै प्रधानमन्त्री मरिनले सबन्ध बिच्छेदका लागि निबेदन दिएको जनाएकी छन् । उनले सो जानकारी आफनो इन्स्टाग्रामबाट दिएकी हुन् ।

‘हामीले सँगै सम्बन्धविच्छेदका लागि निवेदन दिएका छौँ । हामी १९ वर्ष सँगै र हाम्रो प्यारी छोरीको लागि कृतज्ञ छौँ,’ मरिनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘हामी अझैँ पनि मिल्ने साथी हौँ, एकअर्कालाई माया गर्ने र माया गर्ने आमाबाबु पनि हौँ। हामी परिवारको रूपमा र एकअर्कासँग अबको समय बिताउन चाहान्छौँ ।’

उनीहरुका पाँच बर्षकी छोरी छन्। सिएनएनका अनुसार उनी संसारकै सबैभन्दा कान्छि प्रधानमन्त्रीको रुपमा गत २०१९ मा निर्वाचित भएकी थिइन्। तर, यसपटक भएको आमनिर्वाचन परिणाम उनको पार्टीको पक्षमा नआएपछि उनी स्वतः सरकारबाट बाहिरिएकी हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here