भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सका जहाजमा समस्या, काठमाडौं फिर्ता

फाइलफोटो

काठमाडौं । काठमाडौँबाट भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौँ फिर्ता ल्याइएको छ ।

बिहान ६ बजेर ३३ मिनेटमा काठमाडौँबाट उडेको जहाज ६ माइल टाढा पुगेपछि समस्या देखिएको थियो। ककपिटको दाहिनेतिरको ढोकामा केही समस्या देखिएपछि काठमाडौँ ल्यान्ड गराइएको छ । ‘ककपिटको दाहिनेतिरको ढोकामा समस्या देखिएपछि काठमाडौँ फिर्ता ल्याइएको हो,’ विमानस्थल स्रोतले भन्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here