चक्कु हानी गल्छीमा एक युवकको हत्या, स्थानीयद्वारा सडक बन्द

काठमाडौं । धादिङको गल्छीमा एक युवाको छुरा प्रहार गरी हत्या गरिएको छ । गल्छी गाउँपालिका–८ गल्छी नजिकै निबुवाबोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको हत्या गरिएको हो।

बुधबार बेलुका खाजा खान गएका गल्छी–८ कटलपौवाका २७ वर्षीय विनोद थापामगरलाई निबुवाबोटे स्थित ‘सानदार होटल’का सञ्चालक २८ वर्षीय नीरज पण्डितले छुरा प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ ।

राति ११ शानदार होटलमा खाना खाए विनोद मगरसहित ३ जनाले १५ सय रुपैयाँ तिरेका थिए । यसअघिको पैसा नतिरेको भनेपछि होटल साहुनी सरस्वती पण्डितसँग उनीहरूको विवाद भएको थियो ।

सरस्वतीले झगडा मिलाउन छोरा निरजलाई बोलाएकी थिइन् । निरजले विनोद मगरलाई दुई पटक चक्कु हानेपछि उनी ढलेका थिए । पछि सबै गाउँले जम्मा भएर विनोदको उपचारको लागि काठमाडौं पठाइएको थियो । घाइते थापामगरको उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा मृत्यु भएको हो।

उनको मृत्यु पछि स्थानीय बिहानदेखि गल्छी–त्रिशूली सडक खण्ड बन्द गराएका हुन् । सडक अवरुद्ध भएपछि काठमाडौंबाट त्रिशूली आउने र त्रिशुलीबाट काठमाडौं जान वैकल्पिकमार्ग छकरे–गुर्जेभन्ज्याङ सडकबाट भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here