‘म पनि बिरामी छु’ भन्दै माओवादी र समाजवादी निकट विद्यार्थी संगठन सडकमा

काठमाडौं । सत्तारुढ माओवादी केन्द्र र एकिकृत समाजवादी निकट विद्यार्थी संगठनहरुले भ्रष्टाचारीहरुलाई तत्काल पक्राउ गरि कारवाही अघि बढाउन माग गर्दै राजधानीमा प्रदर्शन गरेका छन् ।

अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनी मार्ग क्षेत्रको सडकम उत्रिएका उनीहरुले ‘म पनि बिरामी छु’ भन्दै एमाले सचिव टोप बहादुर रायमाझीलाई ब्यंग्य गरेका थिए ।

यसअघि बुधवार नक्कली भुटानी शरणार्थी बनाउने र अन्य भ्रष्टाचारमा संलग्नलाई कारबाहीको माग गर्दै बृहत् नागरिक आन्दोलनले काठमाडौंमा आज प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागीहरुले नक्कली भुटानी शरणार्थी बनाउने काममा संलग्न भएकालाई पक्राउ गरी प्रहरीले राम्रो काम गरेको भन्दै यसलाई टुंगोमा पुर्‍याउन पनि माग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here