‘च्याटजीपीटी’ को प्रतिष्पर्धी च्याटबोर्ड बार्ड १८० देशमा उपलब्ध

काठमाडौं । गुगलले ‘च्याटजीपीटी’ को प्रतिष्पर्धी आफ्नो एआई च्याटबोट बार्ड १८० देशमा उपलब्ध गराएको छ ।

कम्पनीले बुधबार आयोजित वार्षिक डेभलपर्स सम्मेलन गुगल आई/ओ २०२३ का अवसरमा बार्डको वेटलिस्ट हटाउँदै सबैका लागि उपलब्ध गराएको हो ।

यसबारे एक ब्लग पोस्टमार्फत गुगलकी सहायक एवं बार्डकी उपाध्यक्ष सिसी हसियाओले आधिकारिक घोषणा गरेकी हुन् । बार्ड च्याटबोटले यसलाई सोधिएका प्रश्नको जवाफ मानिसले झैँ सरल भाषामा दिन्छ ।

सन् २०२२ को नोभेम्बरमा ओपन एआईले सार्वजनिक गरेको च्याटजीपी च्याटबोटले छोटो समयमै ठूलो चर्चा पाएको थियो ।

विश्वभर यो करोडौँ मानिसको प्रयोगमा आएको छ । त्यसपछि गुगल र अरू विभिन्न टेक कम्पनीहरूले आफ्नै एआई च्याटबोट बनाउन थालेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here