निक्षेपको ब्याजदर जेठमा पनि यथावत् राख्ने बैंकर्स संघको निर्णय

काठमाडौं । वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर जेठमा यथावत राख्ने भएका छन् । । नेपाल बैंकर्स संघको विहीबार बसेको बैठकले निक्षेपको ब्याजदर नबढाउने सहमति भएको जनाएको हो ।

बैंकहरुले बैशाख महिनामा निक्षेपको ब्याजदर घटाएर एक अंकको सिमामा ल्याएका थिए । बैंकहरुले वैशाखदेखि व्यक्तिगत मुद्धति निक्षेपको ब्याजदर ९.९९ प्रतिशतमा झारेका थिए ।

बैंकिङ प्रणालीमा लगानीयोग्य तरलता कमी हुँदै जाँदा बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशसम्म पुर्‍याएको थियो ।

गत माघमा घटाएर ११ प्रतिशतमा झारेकोमा वैशाखदेखि ९.९९ प्रतिशतमा झारेको छन् । यस्तै संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत छ भने बचतको ब्याजदर ५.४ प्रतिशत देखि ७.४ प्रतिशत कायम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here