फ्रेन्ड्सलाई हराउँदै जावलाखेल फेरि शीर्ष स्थानमा उक्लियो

काठमाडौं । फ्रेन्ड्स क्लबलाई ४-१ गोलले पराजित गर्दै जावलाखेल युथ क्लब सहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

च्यासल मैदानमा भएको खेलमा जावलाखेलका एनकोटो मोसाबीले दुई गोल गरे।

जावलाखेलको १७ खेलबाट ३० अंक छ। १६ खेलबाट ३० अंक नै जोडेको चर्च ब्वाइज युनाइटेड हेड टु हेडमा पछि रहेकाले दोस्रो स्थानमा झरेको छ। फ्रेन्ड्स भने १९ अंक जोडेर एघारौं स्थानमा छ।