बालकृष्ण खाणलाई कांग्रेसले तत्काल निलम्बन नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई तत्काल कारवाही नगर्ने भएको छ ।

आज बसेको पदाधिकारी बैठकमा उनको विषयमा सामान्य छलफल भए पनि तत्काल कारवाही आवश्यक नभएको ठहर भएको हो ।

अदालतले दोषी ठहर नगरिसकेकाले तत्काल कारबाही गर्नुनपर्ने कांग्रेसको निष्कर्ष छ । नक्कली शरणार्थी प्रकणमा मुछिएका पार्टीका अन्य नेताहरुका बारेमा भने बैठकमा कुनै छलफल नभएको नेताहरुको भनाइ छ ।

बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने खाणलाई निलम्बन गर्नुपर्ने धारणा राखेका थिए ।

सभापति शेरबहादुर देउवासहित केही पदाधिकारीले भने बैठकमा खाणका विषयमा कुनै धारणा बैठकमा राखेनन् ।बैठकमा पूर्वपदाधिकारीसहित नेताहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here