शिवम् सिमेन्टको नाफामा उच्च गिरावट

काठमाडौं । शिवम् सिमेन्टको खुद नाफामा उच्च गिरावट आएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५१.१५ प्रतिशतले घटेको छ ।

कम्पनीले चालु आवको चैत मसान्तसम्म ३१ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३ करोड ४९ लाख कम हो । कम्पनीले गत वर्षको सोही अवधिमा ६५ करोड ४८ लाख नाफा कमाएको थियो ।

अन्य आम्दानी बढे पनि विक्री आम्दानी र संचालन आम्दानी घट्दा नाफामा भारी गिरावट आएको हो । समीक्षा अवधिमा कम्पनीको विक्री आम्दानी २४.७५ प्रतिशतले घटेर ५ अर्ब ४५ करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष सोही अवधिमा कम्पनीको यस्तो आम्दानी ७ अर्ब २५ करोड ३३ लाख रुपैयाँ थियो।

त्यस्तै, कुल आम्दानी २०.६० प्रतिशतले घटेर ५ अर्ब ७८ करोडमा सीमित भएको छ । कम्पनीको अन्य आम्दानी भने ९ गुणाले बढेर ३४ करोड रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको अन्य आम्दानी ३ करोड ७५ रुपैयाँ थियो । समीक्षा अवधिमा कुल खर्च ६ अर्ब ५१ करोडबाट ५ अर्ब ४७ करोडमा झारेको छ ।

हाल ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ७३ करोड संचिति छ ।

नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १९.८४ रुपैयाँबाट घटेर ९.६९ रुपैयाँमा आएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०६.६४ रुपैयाँ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here