भक्तपुरमा सिप्रदीको नयाँ शोरुम

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले भक्तपुरमा नयाँ शोरुम विस्तार गरेको छ । शुक्रबार सिप्रदीका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जब राणा र टाटा मोटर्स लिमिटेडका पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेसचन्द्रले स‌ंयुक्त रुपमा नयाँ शोरुमको उद्‍घाटन गरे ।

नयाँ शोरुममा टाटा मोटर्सको पेसेन्जर भेहिकलहरु पनि प्रदर्शन गरिएको थियो । सिप्रदी नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारीक वितरक हो ।

सो अवसरमा सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष राणाले सिप्रदीको नयाँ शोरुम विस्तार गरी ग्राहकहरुलाई सेवा दिन पाउँदा निकै खुशी लागेको बताए ।

टाटा मोटर्सका चन्द्रले ग्राहकहरुको विशेष सेवाका लागि कम्पनीले नयाँ शोरुमहरु थप्दैे लगेकोे बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here