तोलाको ८ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

फाइलफोटो

काठमाडौं । साताको अन्तिम दिन आज सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा ८ सय र चाँदी तोलामा ५५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
आज सुन प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घट्दै प्रतितोला १३ सय ७५ रुपैयाँमा आइपुगेको छ। बिहीबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here