काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।
केन्द्रीय बैंकको सञ्चालक समितिको बैठक सकिएलगत्तै मौद्रिक नीतिको समीक्षा वेबसाइटमार्फत सार्वजनिक गरिएको हो । शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंकदरलाई ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशत कायम गरेको छ ।
नीतिगत दरलाई ७ प्रतिशतमा यथवात राख्दै बैंकदर घटाएको केन्द्रीय बैंकले जनाएको छ ।
यस्तै, राष्ट्र बैंकले ८.५ प्रतिशतको बैंकदरमा उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधालाईअब ७ प्रतिशतमा उपलब्ध गराउने व्यवस्था गरेको छ । यसले अन्तरबैंक ब्याजदरमा १.५ प्रतिशत बिन्दुले कमी आउने छ ।
यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले ऋणपत्रलाई कर्जा-निक्षेप अनुपात गणना गर्ने पाउने व्यवस्थालाई २०८० पुस मसान्तसम्म निरन्तरता दिएको छ।
मौद्रिक नीतिको पूर्ण पाठ यस्तो छ: