कृषि विज्ञ मदन राई पक्राउ

काठमाडौं । कृषि विज्ञ मदन राई पक्राउ परेका छन्। ७५ वर्षीय राईले खोलेको फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि प्रहरीले शुक्रबार उनलाई पक्राउ गरेको हो।

‘आफ्नै फाउन्डेसनमा मदन राईले बालिकाहरू माथि गरेको यौन दुर्व्यवहार’ शीर्षकमा सेतोपाटो अनलाइनले समाचार लेखेको थियो।

राईलाई अहिले जिल्ला प्रहरी कार्याल खोटाङको हिरासतमा राखिएको छ। उनले आफैंद्वारा सञ्चालित फाउन्डेसनमा राखिएका बालबालिकालाई पटक–पटक यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो।

शुभम फाउन्डेसनभित्र भएको उक्त घटना सार्वजनिक भएलगत्तै उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएर अनुसन्धाान थालेको छ। राईलाई शुक्रबार नै अदालत उपस्थित गराएर अनुसन्धान सुरु गर्ने प्रहरीले जनाएको छ। मदन राईले दिएका यौनजन्य र अश्लिल अभिव्यक्तिहरु सोसल मिडियामा भाइरल हुँदै आएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here