भ्रष्टचारविरुद्धको आन्दोलनमा रविको स्वागत, बाबुरामविरुद्ध नाराबाजी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन भइरहेको स्थलमा आन्दोलनकारीले राजनीतिक दलका नेताहरुमाथि पक्षपात गरेका छन् ।

नागरिक समाजको अगुवाइमा भ्रष्टाचारविरुद्ध काठमाडौँको माइतीघर र नक्सालमा भईरहेको प्रदर्शनमा नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध नाराबाजी गरेका छन् ।

विरोध कार्यक्रममा ऐक्यवद्धता जनाउन गएका भट्टराईमाथि नाराबाजी गरेका हुन् । आन्दोलनकारीले विरोध गरेपछि भट्टराई कार्यक्रमबाट फर्किएका थिए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले माइतीघर पुगेर प्रदर्शनमा ऐक्यवद्धता जनाउनभएको छ । उहाँलाई भने आन्दोलनकारीले स्वागत गरेका थिए ।

प्रकरणमा जोडिएका पूर्वगृहमन्त्री बालकृष्णा खाँणसहित १२ जना पक्राउ परेका छन् । प्रकरणमा नाम जोडिएका एमाले सचिव टोपबहादुर रायमाझी भने फरार छन् । उनको खोजी भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here