बालबालिकालाई खोप लगाउन छुटेको त छैन ? आज बृहत् खोप अभियान

काठमाडौं । सरकारले नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आज (आइतबार) खोप लगाउँदैछ।

देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिकाअनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका ५ वर्ष मुनिका बालबालिकालाई नियमित खोप लगाउँदैछ।

जन्मने बित्तिकै लगाउने बिसिजी, ६ हप्तामा लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १० हप्ता भित्र लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १४ हप्ता भित्र लगाउनु पर्ने पोलियो, एफएईपिभी, हेप बि हिब, ९ महिना भित्र लगाउनु पर्ने, एफ आई, पिभि, पिसिभी, दादुरा रुबेला र १५ महिना भित्र लगाउनु पर्ने दादुरा–रुबेला र टाईफाईडका जस्ता खोप अहिले लगाइँदै छ ।

सरकारले यही वैशाख १५ गते नियमित खोप दिएको थियो। छुटेका बालबालिकालाई खोप लगाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बृहत् खोज र खोप अभियान सञ्चालन गरेको छ। मन्त्रालयले आइतबार ५ वर्ष मुनिका बालबालिकालाई १३ प्रकारको खोप दिँदैछ।

रोग, अपांगता र मृत्युबाट बचाउनका लागि जन्मिएको ५ वर्षसम्मका उमेरका बालबालिकालाई सरकारले १३ प्रकारको खोप निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here