भुटानी शरणार्थी प्रकरण चर्किँदै गएपछि प्रचण्ड, देउवा र ओलीबीच भेटघाट बाक्लियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरण चर्किँदै गएपछि प्रमुख दलका शीर्ष नेताहरूको भेटघाट बाक्लिएको हो । प्रधानमन्त्रीको सचिवालय भने समसामयिक राजनीतिक विषयमा शीर्ष नेताबीच छलफल भएको बताएको छ ।

यसअघि पनि पटक पटक यी तीन नेताहरूबिच भेटवार्ता भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण लगायत दर्जन बढी पक्राउ परिसकेका छन् ।

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार रहेका छन् ।

संसद्मा विचाराधीन संवैधानिक परिषद्लगायत विधेयकहरू, सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल केन्द्रित भन्दै प्रमुख दलका शीर्ष नेताहरू पछिल्लो समय लगातारजस्तो भेटवार्तामा गरिरहेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च पदस्थ तानिरहेका बेला उनीहरूको भेटघाटलाई अर्थपूर्णरूपमा लिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here