मोदी इनर्जीको आइपीओ बाँडफाँड

काठमाडौं । मोदी इनर्जी कम्पनीको प्राथमिक साधारण सेयर (आइपीओ) बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज आइपीओ बाँडफाँडगरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट ५ लाख ६१ हजार २२६ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने ६ लाख ६८ हजार ५१५ जनाको हात रित्तो भएको छ ।

कम्पनीको आइपीओमा कुल १२ लाख ३६ हजार २६९ जनाले आवेदन दिएका थिए । तीमध्ये ६ हजार ५२८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

कम्पनीले वैशाख १९ गतेदेखि २४ गतेसम्म सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ५५ करोड ५९ लाख ४२ हजार रुपैयाँ बराबरको ५५ लाख ५९ हजार ४२० कित्ता सेयर विक्रीमा ल्याएको थियो ।

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here