माध्यमिक तहको लाइसेन्स परीक्षाका लागि आवेदन खुला

काठमाडौं । माध्यमिक तहको शिक्षकका लागि अध्यापन अनुमति पत्र (लाइसेन्स)का लागि आवेदन खुलेको छ । शिक्षक सेवा आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना जारी गरेको हो ।

मान्यताप्राप्त शिक्षा संस्थाबाट शिक्षाशास्त्र संकायबाट स्नातक तह उत्तीर्ण गरेको वा अन्य संकायबाट स्नातक तह उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिने तालिम पूरा गरेको व्यक्तिले दरखास्त दिन सक्ने आयोगले जनाएको छ ।

योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिनसक्ने आयोगले जनाएको छ ।

अनलाइन फाराम https://license.tsc.gov.np मार्फत पेस गर्न सकिनेछ । अनलाइन दर्खास्तमा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जित वा थपघट गर्न नमिल्ने आयोगले जनाएको छ ।

एक हजार दस्तुर तिरेर आगामी जेठ २९ गतेसम्म र दोब्बर दस्तुर तिरेर असार ४ गतेसम्म आवेदन दिन सकिने छ । आगामी भदौ २३ गते परीक्षा सञ्चालन हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here