मौद्रिक नीतिको समीक्षाले पनि रोकिएन शेयर बजारको ओरालो यात्रा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षाले केही खुकुलो नीति ल्याएपनि शेयर बजार भने ओरालो नै लागेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) १६.९६ अंकले घटेर १८२१.६४ बिन्दुमा झरेको हो ।

यसदिन ९० करोड ५ लाख ६३ हजार ८५६ रुपैयाँको २७ लाख ८८ हजार ८१५ कित्ता शेयर किनबेच भएको छ ।

आज १३ वटा उपसमूहको समूहगत सूचकमध्ये १२ वटाको ओरालो लागेको छ भने १ वटा बढेकोे छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने सुधार आएको छ । विहीवार ५७ करोड ८८ लाख ४१ हजार ५९३ रुपैयाँको बराबरको कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here