टी-२० विश्वकपको एसिया छनोट नेपालमा हुने

काठमाडौं । आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी ट्वान्टी–२० विश्वकपको एसिया छनोट प्रतियोगिता नेपालमा हुने भएको छ ।

एसिया क्षेत्रको मुख्य छनोटमा सहभागि ८ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ भने शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

छनोटमा नेपालसहित युएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् । बाँकी दुई टिम एसिया छनोटको क्वालिफायर चरण पार गरेर आउनेछन् ।

नोभेम्बरको पहिलो सातादेखि सुरु हुने प्रतियोगितामा २० टिमले प्रतिस्पर्धा गर्ने उक्त विश्वकपमा १२ टिमले सिधै स्थान पक्का गरिसकेका छन् भने ८ टिमले छनोटबाट स्थान बनाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here