पूर्वगृहमन्त्री खाँणसहित १२ जनालाई ४ दिनको म्याद थप

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित हालसम्म पक्राउ परेका १२ जनालाई ४ दिनको म्याद थप भएको छ ।

गत बुधबार नेपाल प्रहरीले नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई खाँणको निवास चाबहिलबाटै पक्राउ गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणसँगै तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १२ जना पक्राउ परेका छन् ।

सोही प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले खोजी गरिरहेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।

उनीहरुको बयानका आधारमा प्रकरणमा हाई प्रोफाइल कनेक्सन खुलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here