जेठ ४ गते प्रधानमन्त्रीलाई सांसदले सिधै प्रश्न गर्न पाउने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ४ गते प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिने भएका छन् ।

नयाँ प्रतिनिधि सभाले पहिलो पटक प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम शुरू गर्न लागेको हो । आइतवार बसेको कार्य व्यवस्था परामर्श समिति बैठकले प्रधानमन्त्रीसँग प्रश्नोत्तर शुरू गर्ने निर्णय गरेको हो ।

सोही दिन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्‍मा बोल्न समय मागेका छन् । एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले नक्कली शरणार्थी प्रकरणबारे जेठ ४ गते संसद्‍मा सम्बोधन गर्ने बताएका थिए ।

सदनमा प्रमुख प्रतिपक्षी दलको नेताले सम्बोधन गर्ने दिन प्रधानमन्त्री उपस्थित हुने संसदीय परम्परा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here