एमाले नेता टोपबहादुर रायमाझी पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी आइतबार साँझ पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो ।

उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेको बताइएको छ ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसदिन देखि उनी फरार रहेका थिए । यही प्रकरणमा रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here