काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि जितेको छ। इस्पानियोललाई ४–२ गोलले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो।
आरसीडीई स्टेडियममा आइतबार राति भएको खेलमा बार्सिलोनाको जितका लागि पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले २ तथा एलेक्स बाल्डे र जुल्स कुन्डैले समान १–१ गोल गरे। इस्पानियोलका लागि जेभिएर पुएडो र जोसेलुले १–१ गोल गरे।
लियोनल मेसीले अगस्ट २०१९ मा क्लब छाडेपछि बार्सिलोनाले पहिलो उपाधि जितेको हो। बार्सिलोनाले सन् २०२१ मा प्रशिक्षकमा ज्याभीलाई नियुक्त गरेयता ठूलो उपाधि जितेको पनि यो पहिलोपटक हो।
बार्सिलोनासँगको हारपछि इस्पानियोल भने ४ सिजनपछि रेलिगेसनमा जाने खतरामा छ।























