‘एमालेको आदेश पालना गर्दै रायमाझी प्रहरीसामु पुग्नु भएको छ, निष्पक्ष छानबिन होस्’

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको आदेश पालना गर्दै टोपबहादुर रायमाझी प्रहरीसामु पुगेको बताएका छन्।

सामाजिक सञ्जालमा बस्नेतले लेखेका छन् ‘प्रहरी अनुसन्धानलाई सहयोग गर्न एमालेले गरेको आदेश पालना गर्दै टोप बहादुर रायमाझी प्रहरीसामु पुग्नु भएको छ।नेपाल प्रहरीलाई निष्पक्ष छानबिन गरी सम्पूर्ण अपराधिहरूलाई कारबाहीको दायरामा ल्याउन अनुरोध छ ।’

नक्कली भुटानी शरणार्थी बनाएर गठी प्रकरणमा मुछिएका रायमाझी हिजो राति बुढानीलकण्ठबाट पक्राउ परेका थिए। पक्राउ पुर्जी जारी भएको ११ दिनपछि प्रहरी रायमाझीलाई पक्राउ गर्न सफल भएको छ।

प्रहरीका अनुसार, उनी बुढानीलकण्ठस्थित एक कार्यकर्ताको घरमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here