आजदेखि एमडीएमएस पूर्णरुपमा सञ्चालनमा,दर्ता नभएका मोबाइलको नेटवर्क ‘लक’

काठमाडौं । आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्णरुपमा सञ्चालनमा आउँदैछ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई व्यवस्थित गर्ने उद्देश्यसहित एमडीएमएस पूर्ण रुपमा लागू गर्न लागिएको हो ।

प्राधिकरणका अनुसार व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइ भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ ।

व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेट यो प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको जनाएको छ ।
प्रणालीमा दर्ता नभएका मोबाइलको नेटवर्क लक गरिने छ । लक भएसँगै ती मोबाइल सेटहरुमा नेपालका दूरसञ्चार कम्पनीहरुको सेवा सुबिधा उपलब्ध हुने छैनन् । त्यसो त बैशाख ३१ गतेसम्म प्रयोगमा रहेका मोबाइलमा भने यो प्रणाली स्वत लागु हुने छ ।

के हो एमडीएमएस ?
एमडीएमएस नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको आयात तथा प्रयोगकर्तालाई व्यवस्थापन गर्न लागू भएको प्रणाली हो । यो लागु भएसँगै अवैध रुपमा भित्रिने मोबाइल प्रतिबन्ध गर्न सकिनेछ ।

व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्तिले राहदानी र नागरिकता वा बोर्डिङ पास कागजात प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here