टोपबहादुर रायमाझी पक्राउबारे संसद बेखबर

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न भएको आरोपमा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी पक्राउ परेको खबर संसदले पाएको छैन् ।

कुनै पनि सांसद पक्राउ परेपछि लगत्तै संसदमा त्यसबारे सूचना दिनुपर्ने हुन्छ। तर आइतबार नै उनी पक्राउ परेको भएपनि सोमबारको संसद वैठकमा यसबारे सूचना दिइएको छैन् ।

‘संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनेछ’ नियमावलीको नियम २४८ मा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here