नयाँ रुटमा सेवा दिँदै साझाको बिजुली बस

काठमाडौं । साझा यातायातले सोमबारदेखि थप ३ वटा विद्युतीय बस संचालनमा ल्याएको छ। साझाले ६ महिनाअघि ३७ ओटा चीनबाट खरिद गरेर ल्याएको हो ।

केही दिनअघि उक्त बसहरुको प्राविधिक रुपमा ठिक रहेको भन्दै समितिले चलाउन स्वीकृति दिएको थियो। ती बसहरु साझाले पाटनढोका-रत्नपार्क- ज्ञानेश्वर-रातोपुल- गौशाला( चाबहिल- बौद्ध- जोरपाटी- दक्षिणढोका रुटमा सोमबारदेखि चलाइएको जनाएको छ।

अन्य बसहरु पनि प्राविधिक परीक्षणसँगै विस्तारै सञ्चालनमा ल्याइने बताइएको छ । हाल साझाका ३ वटा विद्युतीय बसहरु एयरपोर्टको रुटमा संचालनमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here