अदालतमा टोपबहादुर, मुस्कुराउँदै भित्र छिरे

काठमाडौं । आइतवार पक्राउ परेका नेकपा (एमाले) सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले सरकारी वकिल कार्यालयमा उपस्थित गराएको छ।

हिरासतबाट सोझै ल्याइएका उनी सरकारी वकिल कार्यालयमा आत्मविश्वासका साथ उपस्थित भएको देखियो।

अदालतमा जाँदै गर्दा गाडीबाट ओर्लिएपछि टोपबहादुरको मुहारमा मुस्कान देखियो। उनको तस्बिर लिनका लागि अदालत परिसरमा उपस्थित सञ्चारकर्मीतर्फ फर्किँदै रायमाझी मुस्कुराए र हात हल्लाउँदै अदालतभित्र प्रवेश गरे।

उनलाई सुरुमा जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्‍याइएको थियो। त्यहाँ सबै तयारी पूरा भएपछि मात्र प्रहरीले जिल्ला अदालत पुर्‍याएको थियो। उनलाई अदालतले अनुसन्धानका लागि तीन दिन थुनामा राख्न अनुमति दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here