अर्थतन्त्रलाई बलियो बनाउन सुधार गर्नुपर्ने पाटो अझै बाँकी छन् : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन्।

नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकले आयोजना गरेको अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशासम्बन्धी कार्यक्रममा उनले यस्तो बताएका हुन्।

अर्थतन्त्र सुधारको बाटोमा रहे पनि चुनैती पनि उस्तै रहेको उनको भनाइ थियो।

अधिकारीले अर्थतन्त्रलाई बलियो बनाउन सुधार गर्नुपर्ने पाटो अझै बाँकी रहेको पनि बताए।

‘हाम्रो अर्थतन्त्र धेरै हदसम्म रेमिट्यान्समा निर्भर छ,’ उनले भने, ‘पछिल्लो समय रेमिट्यान्स आएको सुधारले बाह्य क्षेत्रमा सुधार देखिएको छ।’

बाह्य क्षेत्रमा सुधार देखिए पनि अझै चुनैती कायमै रहेको उनको तर्क छ। ‘अबको हाम्रो फोकस मौद्रिक नीतिसमेत हो’, उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here