गुजरात प्लेअफमा, हैदराबाद बाहिरियो

काठमाडौं । शुभमन गिलको शानदार शतकपछि बलरहरूले पनि उत्कृष्ट प्रदर्शन गर्दा गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत गए राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ३४ रनले पराजित गरेको छ । यो सँगै डिफेन्डिङ च्याम्पियन गुजरात प्लेअफका लागि छनोट हुने पहिलो टोली बनेको छ ।

सिजनमा गुजरातको यो नवौँ जित हो । उसले १८ अंकका साथ प्लेअफमा आफूलाई सुरक्षित पारेको छ । हैदरावादले भने आठौँ हार व्यहोरेको छ । उसको खातामा अहिलेसम्म आठ अंक मात्र छ र यो टोली प्लेअफको दौडबाट बाहिर गइसकेको छ ।

अहमदाबाद मैदानमा गुजरातले जितका लागि दिएको १ सय ८९ रनको लक्ष्यको जवाफमा हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रनमात्रै बनाउन सक्यो । हैदराबादका लागि हेनरिच क्लेसनले ४४ बलमा ६४ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीको हार टार्न सकेनन् ।

गुजरातका मोहिल शर्मा र मोहम्मद सामीले समान चार–चार तथा यश दयालले एक विकेट लिए । गुजरातका शुभमन गिलले ५८ बलमा १ सय १ रनको शतकीय इनिङ खेले ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here