रास्वपाले भन्याे– ‘शरणार्थी प्रकरणका कसैलाई नछाेडियाेस्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कुनै पनि हालतमा छाड्न नहुने बताएको छ ।

रास्वपाका प्रवक्ता एवम् महामन्त्री डा.मुकुल ढकालले विज्ञप्ति जारी गर्दै भुटानी शरणार्थी प्रकरणका आरोपितको राहदानी जफत गरी दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरेका छन् ।

उक्त प्रकरण सङ्गठित ठगी र राज्यविरुद्ध अपराध भएको रास्वपाले जनाएको छ ।

‘यो घटनाले विश्वसामु स्वाभिमानी नेपालीको शिर झुकाएको छ, यस प्रकरणमा संलग्न जोसुकै भए पनि कुनै पनि हालतमा छाड्न हुँदैन, उक्त घटनाका सम्बन्धमा हालसम्म सरकार र नेपाल प्रहरीले उठाएका कदमप्रति हाम्रो साथ, समर्थन छ’, विज्ञप्तिमा भनिएको छ ।

रास्वपाले उक्त घटना भ्रष्टाचारको मुद्दामात्र नभई एक सङ्गठित ठगी र राज्यविरुद्ध अपराध भएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here